+
+

आईएमई पे मोबाइल टप अपमा ५ प्रतिशत क्यासब्याक यथावत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १६:३१

काठमाडौं । ‘आईएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आईएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ ।

टप अपमा ५ प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको कम्पनीले जनाएको छ । यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा सेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास कम्पनीले लिएको छ ।

भौतिक नगदभन्दा बढी डिजिटल कारोबरको अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ टप अपमा ५ प्रतिशतको अफरलाई मुख्य प्राथमिकताका साथ अगाडि बढनेमा सहमत देखिएको कम्पनीको भनाइ छ ।

सेवाग्राहीहरूले दुई हजार रुपैयाँ रिर्चाज गर्दा एक सय रुपैयाँ, एक हजार रुपैयाँ रिचार्ज गर्दा ५० रुपैयाँ र एक सय रुपैयाँ रिचार्ज गर्दा ५ रुपैयाँ क्यासब्याकका साथै हरेक रिर्चाजमा ५ प्रतिशतसम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?