+
+

यूएईलाई हराउँदै एकदिवसीय मान्यता जोगाउँदाको खुसी (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ फागुन २८ गते १८:४२

२८ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू को जरी शृंखलाको आफ्नो दोश्रो खेलमा यूएईमाथि १७७ रनमाथि सानदार जित हात पार्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ ।

यूएईसँगको यो जितसँगै नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ । नेपालले अब कीर्तिपुरमा नै हुने यूएई र पपुवा न्युगिनीविरुद्धका दुवै खेल जितेमा सिधै विश्वकप छनोटमा पुग्ने छ ।

टस जितेर पहिला बलिङ गरेको नेपालको ओपनिङ खराब रहे पनि मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । र यूएई २२.५ ओभरमा ७१ रनमा अलआउट भयो । १७७ रनको जित ओडीआईमा यो नेपालको अहिलेसम्मकै फराकिलो जित हो । यसअघि २०२१ सेप्टेम्बरमा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको थियो ।

नेपाल र यूएईबीचको खेलका तस्वीरहरू हेर्नुहोस् :

         

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?