+
+

किरण बने आई लिगको बेस्ट गोलकिपर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते ८:३९

२९ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु भारतको आई लिगको उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।

राउण्ड ग्लास पञ्जावलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका किरण लिगकै उत्कृष्ट गोलकिपर बनेका हुन् ।

बेस्ट गोलकिपर किरणले २ लाख ५० हजार भारु प्राप्त गरेका छन् । किरणले यसअघि २०१९-२० मा पनि आई लिगको बेस्ट गोलकिपरको अवार्ड जितेका थिए ।

यस्तै २०१७-१८ को सिजन मिनेर्भा पञ्जावबाट किरणले आई लिग जितेका थिए ।

भारतको दोस्रो श्रेणीको लिग आई लिगमा पञ्जावले अन्तिम खेल जित्दै २२ खेलबाट ५२ अंक जोडेर सिजन सकाएको हो । यसअघि नै च्याम्पियन बनिसकेको पञ्जावले अन्तिम खेलमा टिआरएयु एफसीलाई २-० ले हरायो । च्याम्पियन पञ्व अर्को सिजनको इन्डियन सुपर लिग (आईएसएल) मा समेत बढुवा भइसकेको छ ।

च्याम्पियन पञ्जावकै खेलाडीले व्यक्तिगत अवार्डमा वर्चस्व रह्यो । लुका माजसेन उत्कृष्ट खेलाडी बने । उनले ५ लाख भारु प्राप्त गरे ।

यस्तै अन्तिम खेलमा दुई गोल गर्दै माजसेन सर्वाधिक गोलकर्ता समेत बने । १६ गोल गरेका उनले २ लाख ५० हजार पनि पाए । यस्तै जुवान मेरा उत्कृष्ट मिडफिल्डर हुँदै २ लाख ५० हजार नै पाए । टिआरएयु एफसीले फेयर प्ले अवार्ड पायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?