+
+

अभिनेत्री भुवन चन्दलाई सोसल मिडिया कलाकर्मी सम्मान, छोटो फिल्म ‘बेलुन’ सर्वोत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १७:०१

काठमाडौं । वरिष्ठ अभिनेत्री भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’बाट सम्मानित भएकी छन् । चलचित्र विकास बोर्डमा सोमबार आयोजित समारोहमा उनलाई सम्मान प्रदान गरिएको हो । बोर्ड अध्यक्ष भुवन केसी, वरिष्ठ निर्देशक यादव खरेल लगायतले उनलाई सम्मान प्रदान गरे ।

कला निर्देशक निर्जल श्रेष्ठलाई कला सम्मान र पत्रकार पारसमणि पौडेल पत्रकारिता पुरस्कारबाट सम्मानित भए । ड्रिमवल्र्ड अफ फिल्म मेकर्सले आयोजना गरेको अवार्डमा ‘बेलुन’ सर्वोत्कृष्ट छोटो फिल्म घोषित भएको छ । यो फिल्मले सशस्त्र द्वन्द्वकालको कथावस्तु पेस गर्छ ।

उत्कृष्ट युट्युब भिडियो भ्लग, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ विधामा अवार्ड प्रदान गरियो । समाज परिवर्तनमा योगदान दिने विषयवस्तु समेटिएका छोटा फिल्म र वृत्तचित्रलाई प्राथमिकता दिइएको कार्यक्रम निर्देशक शवनम मुखियाले बताइन् । फोटोग्राफर राजभाइ सुवाल, फिल्म निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौत निर्णायकको रुपमा थिए ।

पुरस्कृत हुनेको सूची

उत्कृष्ट छोटो फिल्म – बादलको गीत

उत्कृष्ट निर्देशक – अंकित पौडेल (बादलको गीत)

उत्कृष्ट सम्पादक – दीपेन्द्र मल्ल, आशिष भण्डारी (पेन्सिल)

उत्कृष्ट स्क्रिनप्ले – बालोन (जोन योन्जोन)

उत्कृष्ट सिनेम्याटोग्राफर – राजेन्द्र पाल (भविहिन)

उत्कृष्ट ध्वनि डिजाइन – किशोर आचार्य (बादलको गीत)

उत्कृष्ट अभिनेता -हिमाल खड्का (पेन्सिल)

उत्कृष्ट अभिनेत्री – काव्य आचार्य (रत्नपार्क)

उत्कृष्ट स्वदेशी फिल्म – के (सागर केरुङ)

उत्कृष्ट दस्तावेज – लाडी पूजा (बिन्दुकुमारी माझी)

बेस्ट युट्युब भिडियो – कोरोना हर्णेदेवी (अशोक बस्नेत)

उत्कृष्ट एनिमेटेड भिडियो – स्याल र सिंहको कथा (विशाल लोहनी)

उत्कृष्ट देशभक्ति संगीत भिडियो – एक्स ब्यान्ड, माटोपानी (शिव मुखिया)

सर्वश्रेष्ठ सामाजिक भिडियो – राहराई भो (उत्सव केसी)

प्रोत्साहन पुरस्कार – छोरी (सुरेन्द्र थापा)

उत्कृष्ट चलचित्र निर्माता महिला – गंगा (मेरोनराज भण्डारी)

उत्तम सन्देश – कलुवा (अम्बिका भण्डारी)

क्रिएटिभ फिल्म अफ द इयर – बेलुन (जोन योञ्जन)

जुरी पुरस्कार – नफुलेको फूल

जुरी अवार्ड (स्वदेशी फिल्म) – मोहिनी नखा

उत्कृष्ट चलचित्र बाल विषयवस्तु – पेन्सिल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?