+
+

पाँचपोखरी टी-२० क्रिकेटको तेश्रो दिन ह्योल्मो र भोताङ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १९:२०

२९ फागुन, काठमाडौं । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको तेश्रो दिन ह्योल्मो र भोताङ विजयी भएका छन् ।

सोमबारको पहिलो खेलमा ह्योल्मो इलाभेन बिरुद्ध मेलम्ची नगरपालिका भएको खेलमा ह्योल्मो एलाभेनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गरेको मेलम्ची नगरपालिकाका कुनै पनि खेलाडीले दोहोरो अंक कटाउन नसक्दा ह्योल्मो इलाभेनले ४८ रन को लक्ष्य प्राप्त गरेको थियो ।

जुन लक्ष्य ह्योल्मो इलाभेनले ४ ओवर ४ बलमा भेटाएको थियो । ४ ओभरमा ८ रन दिएर ३ महत्वपूर्ण विकेट लिएकाका ह्योल्मो एलाभेन बलर नाम्गिल चेतन म्यान अफ द म्याच घोषित भए ।

सोमबारको दोश्रो खेलमा क्रिकेट क्लब बाह्रबीसेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको पाँचपोखरी भोताङ क्रिकेट टीमले पासाङ दोर्जे तामाङको अर्धशतकको मद्दतले १४१ रन बनाउन सफल भएको थियो । पासाङले ६० बलमा ७ चौकाको मदतले अविजित ६६ रन बनाए ।

क्रिकेट क्लब बाह्रबीसेका बलर रचित आचार्यले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएका थिए । लक्ष्य पछ्याउने क्रममा क्रिकेट क्लब बाह्रबीसे १३ ओभर ४ बलमा ८३ रन मा अल आउट भएको थियो । क्रिकेट क्लब बाह्रबीसेलाई अल आउट गर्ने क्रममा पाँचपोखरी भोताङ क्रिकेट टीमका बलर करन स्याङ्ग्बोले महत्वपूर्ण ५ विकेट लिए र ऊनी म्यान अफ द म्याच भए ।

फागुन २७ देखि चैत ३ गतेसम्म आयोजना हुने सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?