+
+

वेस्टइन्डिजविरुद्ध आशिफ शेखको अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २२ गते १५:०६

२२ वैशाख, काठमाडौं ।  नेपालका ओपनर आशिफ शेखले वेस्टइन्डिजविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी शृङखलाको अन्तिम तथा पाँचौ खेलमा शेखले ३२ बलमा ५० रन पूरा गरेका हुन् ।

उनले अर्धशतक पूरा गर्न ५ छक्का र २ चौका प्रहार गरे  ।  अर्का ओपनर कुशल भुर्तेल सस्तैमा आउट भएपछि शेखले अनिल शाहसँग मिलेर नेपालको स्कोरसमेत उकास्दै जितको आधार तय गरेका छन् ।

पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?