+
+

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, २० रन बनाउँदा २ विकेट गयो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १३:४१

१५ फागुन, काठमाडौं ।  त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध २०७ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ ।

नेपालले २० रन बनाउँदा २ विकेट गुमाइसकेको छ । २.५ ‌ओभरमा आशिफ शेख व्यक्तिगत ६ रनमा दोस्रो विकेटका रुपमा आउट भएका हुन् ।

अर्का ओपनर कुशल भुर्तेल रोयल डक भएका थिए । रुबेन ट्रम्पलम्यान बल मिस भएपछि नामिबियाका खेलाडीले गरेको अपिलमा अम्पायरले सजिलै औंला उठाइदिए।

टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।

लोफ्टी इटनले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन् ।

मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए ।

लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हानेका छन् । मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?