+
+
नेपाल भर्सेस नेदरल्याण्ड्स :

आशिफ शेख ३४ रनमा आउट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १३:५८

१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा आशिफ शेख ३४ रनमा आउट भएका छन् ।

उनी ८.१ ओभरमा रोलेफ भान डर मर्वेको बलमा विकेट किपर स्कट एडवार्डसको हातबाट स्टम्पिङ भए । उनी आउट हुँदा १८५ रनको लक्ष्य पछ्याएको नेपालको स्कोर ६५ रन छ ।

यसअघि कुशल भुर्तेल भिभियन किंग्माको चौथो बलमा एज लागेर विकेट किपरबाट क्याच आउट भए । उनी लगातार दोस्रो खेलमा डक अउट भएका हुन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।  नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?