+
+
लिग टू क्रिकेट :

पीएनजीबिरुद्ध यूएई ६ विकेटले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १६:४१

१ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा यूएईले पहिलो जित हात पारेको छ । कप्तान मोहम्मद वजिमको आक्रमक शतकीय पारी सहित यूएईले पिएनजीलाई ६ विकेटले पराजित गरेको छ ।

लिग २ का ३६ खेलमा जम्मा ५ खेल मात्र जितेको पीएनजीले पछिल्ला ४ खेलमा यूएईलाई लगातार हराएको थियो । तर त्यसको बदला लिँदै यूएई २३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । यूएईका लागि कप्तान मोहम्मदले सार्वधिक ११९ रन बनाए । उनले ७६ बलमा ६ चौका र १२ छक्का प्रहार गरे ।

ओपनरका रुपमा आएका मोहम्मद वाजिमले भृत्य अरविन्दसँग १२५ रनको शतकीय साझेदारी गरे । यूएईले २४ रनमा पहिलो विकेटका रुपमा आर्यन लाक्रालाई गुमाएपछि तेस्रो क्रममा आएका भृत्य ५६ बलमा ५ चौकासहित ३३ रन बनाउँदै क्याच भए ।

आयान र रिज्वानले चौथो विकेटका लागि ५१ रनको साझेदारी गरे । आयानले ४२ बल खेल्दै ४ चौका सहित ३८ रन बनाए । र सिपी रिजवान २९ रनमा अविजित र आसिफ खान११ रन बनाउँदै अविजित रहे । पीएनजीका लागि रिले हेकुरेले सर्वाधिक २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २३४ रन बनायो । पीएनजीका कप्तान अर्सद भालाले सर्वाधिक ६५ रन बनाए । उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरेका छन् ।

२२ रन बनाउँदा दुई विकेट गुमाएको अवस्थामा ब्याटिङमा आएका भालाले पीएनजीलाई उकासको हुन् । उनले चौथो विकेटका लागि चाल्र्स एमिनीसँग ५३ रनको साझोदारी गरे ।

यूएईका लागि हजरत विललाले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ४७ रन खर्चिए । रोहन मुस्तफा र जवार फरिदले समान १–१ विकेट लिए ।

यो हारसँगै पीएनजीले लिग टू को ३६ खेल पूरा गरेको छ । पिएनजीले ३६ खेलमा ५ जित र ३० हार तथा एक बराबरी सहति लिग २ को यात्रा सकाएको छ । यूएईले भने लिग टू को अन्तिम खेल भोलि बिहीबार नेपालसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?