+
+

एमबीबीएसको प्रवेश परीक्षामा सिटभन्दा चार हजार बढी उत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १२:५३

२ चैत, काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ ।

आयोगले फागुन २४ गते लिएको एकीकृत प्रवेश (एमईसीईई-बीएल २०२३) अन्तर्गतको एमबीबीएस शैक्षिक कार्यक्रममा आयोगले छुट्याएको सिट संख्या भन्दा चार हजार ७७४ जना बढी विद्यार्थी उतीर्ण भएका हुन् ।

आयोगको नतिजा अनुसार एमबीबीएस एकीकृत प्रवेश परीक्षामा ६ हजार ६६९ जना एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण भएका छन् ।

उत्तीर्ण भएका उनीहरू एमबीबीएस अध्ययन गर्न योग्य मानिन्छ । तर, आयोगले विभिन्न शिक्षण संस्थाको लागि एक हजार ८९५ सिट छुट्याएको छ । त्यसैले उत्तीर्ण भए पनि बाँकी चार हजार ७७४ जना विद्यार्थीले पढ्न पाउने सम्भावना कमै छ ।

आयोगको अनुसार परीक्षामा मर्याता विपरीत कार्य गर्ने दुई जनाको परीक्षा रद्द गरिएको छ । त्यस्तैगरी उत्तरपुस्तिकामा रोल नम्बरमा बबल बिगारेका २१३ विद्यार्थी र उत्तरपुस्तिकामा क्वेसन सेट र रोल नम्बर दुवैमा बबल बिगारेका २३ परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको छ ।

प्रकाशित नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि चैत ८ गते बिहान १० बजेदेखि चैत १० गते अपराह्न ५ बजेभित्र आवश्यक प्रकृया पूरा गरी निवेदन दिनसक्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?