२ चैत, काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु उम्मेदवार प्रकाश विष्टले आफूहरु विगतमा गरेको कामको ब्याज खाने पक्षमा मात्र नभएको बताएका छन् ।
अनलाइनखबरसँगको कुराकानीमा उनले अनेरास्ववियुले त्रिविमा महिनौदेखिको ताला खुलाउनुका साथै सेमेस्टर प्रणालीमा १० प्रतिशत अनिवार्य छात्रवृत्ति, विविध कारणले परीक्षा दिन नपाएका विद्यार्थीको सर्टिफिकेटबाट तारा हटाउन सफल भएको दाबी गरे । उनले भने ‘तर यसको ब्याज खानको लागि मात्रै स्ववियुमा हाम्रो उपस्थिति होइन ।’
अनेरास्ववियुले दुई वर्षमा गर्ने कामलाई दुई भागमा बर्गीकरण गरेर भिजन टेन–टेन सार्वजनिक गरेको छ । उक्त योजना अनुसार अनेरास्ववियु नेतृत्वको स्ववियुले विश्वविद्यालय एक्सिलेन्स सेन्टर बनाउने र व्यवहारिक क्यालेन्डर लागू गर्ने प्रतिवद्धता गरेको छ । उसले डिजिटल लाइब्रेरी, विश्वविद्यालय बन्दरहित सम्मानित क्षेत्र, हरियाली विश्वविद्यालय परिसर बनाउनको लागि पहल गर्ने बताए ।
हाल इतिहास विषय अध्ययन गरिरहेका विष्ट एमालेको बुद्धिजीवी परिषद केन्द्रीय समिति अन्तर्गतको राष्ट्रिय सुरक्षा तथा वैदेशिक सम्बन्ध अध्ययन केन्द्रमा समेत आबद्ध छन् ।
त्रिविको स्ववियु सभापतिका लागि नेविसंघबाट श्यामराज ओझा, अखिल क्रान्तिकारीबट बिपिन बिक र अखिल क्रान्तिकारी (विप्लव)बाट मदन केसीसहित १२ जना उम्मेदवार छन् । अनलाइनखबरले राउण्ड टेबुल संवादका लागि
प्रमुख विद्यार्थी संगठनका उम्मेदवारलाई बोलाएको थियो । तर अन्य संगठनका उम्मेदवार उपस्थित हुन सकेनन् ।
विष्टको भिडियो हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4