+
+

‘हुक्का’ र ‘टुल्की’ले घोषणा गरे रिलिज मिति, दुवै फिल्म जेठ १२ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १३:४९

काठमाडौं । आगामी जेठ १२ गतेलाई दुई फिल्मले प्रदर्शन मिति घोषणा गरेका छन् । फिल्म ‘हुक्का’ र ‘टुल्की’ले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् ।

‘हुक्का : एन एब्सर्ड ड्रिम’मा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ ।

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

बहुपति प्रथामाथि बनेको फिल्म ‘टुल्की’ पनि सोही मितिमा आउने भएको छ । फिल्म उक्त मितिमा आउने निर्माता शेखर लामाले जानकारी दिए । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्मलाई डोल्पामा खिचिएको हो । देवजंग थापाको निर्देशन रहेको फिल्मले हिमाली क्षेत्रमा रहेको लोपोन्मुख सामाजिक संस्कारलाई चित्रण गर्ने जनाइएको छ ।

फिल्ममा ‘छक्कापञ्जा ४’ फेम्ड शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायतको अभिनय छ ।

‘टुल्की’ले नेपाल ग्रामीण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म र ‘स्क्रिन प्ले’ अवार्ड जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?