+
+

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन चैत ८ गते हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते ९:१४

४ चैत, दाङ । दाङको महेन्द्र बहुमुखी क्याम्पसको चैत ५ गते हुने स्ववियु निर्वाचन स्थगित भएको छ ।

क्याम्पसमा तालाबन्दी गरिएको बिषयमा विप्लवको अखिल (क्रान्तिकारी) र महेन्द्र बहुमुखी क्याम्पस दाङबीच शुक्रबार भएको सहमति अनुसार स्यववियु निर्वाचनलाई चैत ८ गतेका लागि सारिएको हो ।

विप्लवको अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनका लागि क्याम्पस प्रशासनले आसन्न अनाधिकृत रुपमा रुपमा परिचयपत्र बनाउँदै गरेको भेटिएको भन्दै मंगलबार क्याम्पसमा ताला लगाएको थियो ।

क्याम्पस प्रशासनले अनाधिकृत रुपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको भन्दै त्यसबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए ।

शुक्रबार अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसी, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष खुमबहादुर केसी(खुमन) र महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु निर्वाचन समितिका संयोजक कुलबीर चौधरी र क्याम्पस प्रमुख भरतराज न्यौपानेबीच भएको छलफल अनुसार अखिल (क्रान्तिकारी)ले गरेका मागलाई सम्बोधन गर्दै स्ववियु निर्वाचन सारिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?