+
+

पाँच वर्षपछि स्टेजमा फर्किइन् टेलर स्वीफ्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १३:३२

काठमाडौं । पपस्टार टेलर स्वीफ्टका फ्यानलाई यो खबर पक्कै पनि महत्वपूर्ण हुन सक्छ । लगभग पाँच वर्षपछि यी गायिका स्टेजमा फर्किएकी छन् । नेपाली समयानुसार आइतबार बिहान स्वीफ्टले अमेरिकी कन्सर्टको शृंखला घोषणा गरिन् ।

यो कमब्याक कन्सर्टमा उनले ४४ हिट गीतसहित तीन घण्टासम्म प्रस्तुति दिइन् । ‘मैले तिमीलाई कति मिस गरेको छु भनेर म जान पनि सक्दिनँ,’ कन्सर्टको पहिलो राति इराश टुरको थालनी गर्दै पपस्टारले भनिन् । गएराति ग्लेन्डेल, एरिजोनाको स्टेट फार्म स्टेडियममा इरास टुरको पहिलो कन्सर्ट उनले थालिन्, जहाँ एक महिनाअघि सुपर बाउल कार्यक्रम आयोजना गरिएको थियो ।

टुरको मिति घोषणा गर्दै स्वीफट्ले अब हुने कार्यक्रम उनको सबै सांगीतिक युगको यात्रा हुनेछ भनी वाचा गरिन् । उनको यो घोषणापछि फ्यानहरुमा कौतुहलता जगाएको छ भने कन्सर्टका सबै टिकट सोल्डआउट जस्तै छन् । केही घण्टामै २४ मिलियन सिटको टिकट बिक्रीसँगै स्वीफ्टको यो कन्सर्टले सबैखाले कन्सर्टको टिकट बिक्रीको कीर्तिमान तोडेको छ । त्यतिबेला १४ मिलियन प्रयोगकर्ता इन्टरनेटमा टिकट बिक्रीको पर्खाइमा थिए ।

एरिजोनामा भएको उक्त कन्सर्टमा ७० हजार फ्यान उपस्थित थिए । एल्बम ‘लभर’मा समावेश ६ गीतसँगै कन्सर्ट सुरु भयो । पछिल्लो एल्बम ‘मिडनाइट्स’का सात गीतसँगै उनले कन्सर्ट टुंग्याइन् । यसबीचमा उनले अन्य एल्बमका गीतमा प्रस्तुति दिइन् । १७ वर्षको करिअरमा रिलिज भएका ती ४४ गीतलाई कन्सर्टमा समेट्न उनलाई तीन घण्टाभन्दा बढी समय लाग्यो ।

उक्त कन्सर्टपछि स्वीफ्टले अब लस भेगास र डालसमा कार्यक्रम गर्नेछिन् । अगस्टमा लस एन्जलसमा दुईवटा कन्सर्ट गर्दै उनको टुर समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?