
५ चैत, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा क्रिकेट स्टेडियम बनाउन सरकारलाई आग्रह गरेका छन् ।
संसदको शून्य समयमा उनले धुर्मुस सुन्तलीले बनाउन थालेर पूरा गर्न नसकेको चितवनको क्रिकेट स्टेडियम सरकारले जिम्मा लिएर अघि बढाउनुपर्ने बताए ।
‘सरकारले विजेता टोलीलाई एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्र काम चल्दैन’ उनले भने, ‘त्यो चितवनको स्टेडियम त्यत्तिकै थन्किएर बसेको छ बेवारिसे भएर, त्यसलाई सरकारले तुरुन्त जिम्मा लिनुपर्यो र निर्माण सम्पन्न गर्नुपर्यो ।’
पन्तले त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर कीर्तिपुरको क्रिकेट स्टेडियमलाई विस्तार गर्न र मूलपानीको क्रिकेट स्टेडियम बनाउन पनि माग गरे ।
खेलाडीहरुसँग अपेक्षा गर्ने, जितेको बेलामा एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गर्ने र अघिपछि कानमा तेल हालेर बस्ने गरेको भन्दै उनले आपत्ति जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4