+
+

टोकियो विश्वविद्यालयमा नेपाली विद्यार्थीको थेसिस उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते ७:०३

काठमाडौं। तनहुँको भानु नगरपालिका–८ का दीपेन्द्र ढकालले जापानको टोकियो कृषि विश्वविद्यालयबाट विद्यावारिधि उपाधि पाएका छन् । विश्वविद्यालयले ढकाललाई उत्कृष्ट शोधपत्र अवार्डसहित विद्यावारिधि प्रदान गरेको हो ।

उनले ‘नेपालको ग्रामिण समुदायमा विपद्ले पार्ने सामाजिक तथा आर्थिक प्रभाव र समुदायमा आधारित विपद् व्यवस्थापन’ शीर्षकमा विद्यावारिधि गरेका हुन् । उनले गरेको उक्त शोधपत्रलाई विश्वविद्यालयको कृषि अर्थशास्त्र विभागले उत्कृष्ट ठहर समेत गरेको छ ।

दीपेन्द्रलाई २० मार्च २०२३ मा विश्वविद्यालयको दीक्षान्त समारोहको अवसरमा पीएचडीको उपाधि प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?