+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सीके राउतको प्रस्ताव : नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राखौं

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १३:१३

९ चैत, काठमाडौं। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत(सीके)ले संसदमा सांसदहरुले बोलेका नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राख्न प्रस्ताव गरेका छन् ।

संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार संसदमा सांसदहरुले नेपाली बाहेकका भाषामा पनि आफ्ना कुरा राख्न सक्छन् । तर, नेपाली भाषा बाहेकका भाषामा सांसदले बोलेको विषय संसदीय अभिलेखमा रहने गरेका छैनन् ।

संसदमा सांसदले बोलेका नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राख्नुपर्ने व्यवस्थाका लागि अध्यक्ष राउतले प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

प्रतिवेदनको दफा २४१ मा संसदमा प्रयोग गरिने भाषा सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रतिनिधि सभा वा यसका समितिको कामकारबाही नेपाली भाषामा हुनेछ ।’ यहीँनेर ‘तर, प्रतिनिधिसभा सदस्यले आफ्नो मातृभाषा वा रोजेको भाषामा आफ्नो मन्तव्य राख्न सक्नेछ’ भनी थप्ने प्रस्ताव सांसद राउतले राखेका छन् ।

साथसाथै, ‘कुनै सदस्यले आफ्नो मातृभाषामा बोलेको अवस्थामा त्यसलाई अभिलेख राख्ने व्यवस्था मिलाइनेछ’ भन्ने प्रावधानलाई निरन्तरता दिनुपर्ने उनको प्रस्ताव रहेको छ ।

सांसद राउतले पोशाक सम्बन्धी व्यवस्थामा पनि संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रतिवेदनको दफा २४१ मा पोशाक सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘सदस्य (सांसद)को पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोके बमोजिम हुनेछ ।’

यस व्यवस्थाको सट्टामा ‘सदस्य (सांसद)ले आफ्नो रोजाइको वा आ-आफ्नो संस्कृति झल्किने पोशाक लगाउन सकिनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?