+
+

कलाकार बीएस राणाकी पत्नी र छोरीको उपचारका लागि एक लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १४:१४
स्नेही काख संस्थामा पुगेर सहयोग रकम हस्तान्तरण गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र चलचित्रकर्मी कोष संयोजक वसुन्धरा भुसाल

काठमाडौं । दिवंगत अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचारार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले उनीहरुले आश्रय लिएको ललितपुर सातदोबाटोस्थित सामाजिक संस्था स्नेही काखमा पुगेर सहयोग उपलब्ध गराएको हो ।

बोर्ड अध्यक्ष भुवन केसी र कोष संयोजक वसुन्धरा भुसालले सहयोग हस्तान्तरण गरे ।सहयोग हस्तान्तरण गर्दै बोर्ड अध्यक्ष केसीले राहत कोषलाई थप रकम जरुरी रहेको बताउँदै पर्याप्त रकम नहुँदा सहयोग गर्न कठिन भएको बताए । त्यस अवसरमा कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री दीपाश्री निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान लगायत पनि उपस्थित थिए ।

गत फागुन १५ गते अभिनेता राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्नेही काखले स्याहार गर्ने जिम्मा लिएको थियो । २०४१ सालमा बनेको फिल्म ‘अन्याय’बाट अभिनय थालेका रणाले सयभन्दा बढी फिल्ममा काम गरेका छन् । उनको २०७५ साल माघ १८ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।

राणाको निधनपछि श्रीमती हनी र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो । जेठी छोरी नन्दनी पनि बिरामी परेकी थिइन् । राणाका छोराको भने १३ वर्षको उमेरमा नै निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?