+
+

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते ६:३४

१० चैत, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानी बनाएका छन् ।

राष्ट्रिय टिमका लागि १९७औं खेल खेल्दै कीर्तिमान बनाएका रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले युरो २०२४ को छनोटको पहिलो खेलमा लिचेस्टाइनलाई ४–० ले पराजित गरेको छ ।

३८ वर्षीय फरवार्ड रोनाल्डोले पोर्चुगलका लागि १२० गोल गरेका छन् । सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टिममा डेब्यु गरेका रोनाल्डोले गत डिसेम्बरमा कतार विश्वकपमा गोल गर्दै लगातार पाँच विश्वकपमा गोल गर्ने कीर्तिमान बनाएका थिए ।

युरो छनोट अन्तर्गत समूह ‘जे’ को खेलमा रोनाल्डोले पहिलो गोल ५१औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । यस्तै ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए । त्यसअघि जाओ कान्सेलोले आठौं र बर्नार्डो शिल्भाले ४७ औं मिनेटमा गोल गरेका थिए । जितपछि पोर्चुगलले ३ अंक जोडेको छ ।

समूह ‘जे’कै अर्को खेलमा बोस्निया एण्ड हर्जगोभिनाले आइसल्याण्डलाई ३–० ले पराजित गर्दा स्लोभाकिया र लक्जेमवर्गले गोलरहित बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?