+
+

रासमुस होएलन्डको ह्याट्रिकमा डेनमार्क विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते ६:४७

१० चैत, काठमाडौं । युवा फरवार्ड रासमुस होएलन्डले ह्याट्रिक गरेपछि डेनमार्कले युरो २०२४ छनोटको पहिलो खेलमा फिनल्याण्डलाई ३–१ ले पराजित गरेको छ ।

बिहीबार राति घरेलु मैदान पार्केन स्टेडियममा भएको खेलमा होएलन्डले ३१औं, ९२औं र इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । गत वर्ष क्रोएसिया विरुद्ध डेब्यु गरेका होएलन्डले डेनमार्कका लागि पहिलो गोल गरेको खैलमै पहिलो ह्याट्रिक समेत गरेका हुन् ।

फिनल्याण्डका लागि ओलिभर अन्टमानले एक गोल फर्काए । जितपछि डेनमार्कले छनोटको समूह ‘एच’मा ३ अंक जोडेको छ ।

यसै समूहको अर्को खेलमा नर्दन आयरल्याण्डले सानमारिनोलाई २–० ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?