+
+

रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते ८:५०

१० चैत, काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो ।

काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक हुन् । उनी निमोनियाबाट पीडित थिइन् ।

२०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन् । रेडियो नेपालमै उनले नासो तथा वन र वातावरण सम्बन्धी कार्यक्रम सन्चालन गरेकी थिइन् । यही कार्यक्रमबाट उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाएकी थिइन् ।

उनलाई २०७४ सालमा सूचना तथा सञ्चार मन्त्रालयले वरिष्ठ पत्रकार सम्मानसमेत प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?