+
+

पोखरा महानगरले माग्यो ४८ जना नगर प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १८:५२

१२ चैत, पोखरा । पोखरा महानगरपालिकाले ४८ जना नगर प्रहरी माग गरेको छ ।

महानगरले चैत २७ गतेसम्म दरखास्त दिन पाउने गरी आइतबार सूचना प्रकाशन गरेको हो ।

नगर प्रहरीमा दरखास्त दिन १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र नेपाल सरकार वा अन्य सुरक्षा सेवाबाट निवृत्तको हकमा ३७ वर्ष ननाघेको हुनुपर्ने महानगरको सूचनामा उल्लेख छ ।

महानगरले खुलातर्फ २७, महिला ४, आदिवासी जनजाति ७, मधेशी ६, दलित ३ र पिछडिएको क्षेत्रअन्तर्गत एकजनाको विज्ञापन प्रकाशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?