+
+

एनआरटी जीतपुर सिमरा गोल्डकपको अन्तिम चारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते ६:३१

१३ चैत, सिमरा । डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी जीतपुर सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाइटेडलाई १-० ले पराजित गर्दै एनआरटी सेमीफाइनल प्रवेश गरेको हो ।

एनआरटीका लागि अशोक थापाले निर्णयक गोल गरे । खेलको २९औं मिनेटमा कृतिश रत्नचुन्जुले डिबक्सभित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।

घरेलु दर्शकको समर्थन पाएको वीरगञ्ज यूनाइटेड खेलमा केही आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

एनआरटीलाई अन्तिम चारमा पुर्‍याउन निर्णायक गोल गरेका अशोक थापा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद सहितट्रफि प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत सोमबार सातदोबाटो युथक्लब र हिमालयन शेर्पाबीच तेस्रो क्वाटर फाइनल खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?