+
+

सुरविना कार्कीलाई लिएर फिल्म ‘मीरा : स्याडो अफ अफ अ रेन्बो’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १८:५२

काठमाडौं । फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’लाई मैतिदेवी मन्दिरमा मुहूर्त गरिएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको निजी सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बन्न लागेको यो फिल्मलाई अनिता पण्डितले लेखन तथा निर्देशन गर्न लागेकी हुन् ।

फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको प्रमुख भूमिका रहेनछ । मुहुर्तपछि निर्देशक पण्डितले बच्चाको अटिजम समस्या र सम्बन्धलाई ‘एक्सप्लोर’ गर्न चाहने एक आमाको संघर्ष कथावस्तु रहेको बताइन् ।

‘प्राकृतिक रुपमा नै फरक महसुस गर्ने महिलाको कथा समेत यस फिल्ममा छ,’ पेशाले आईटी इन्जिनियर रहेकी उनले फिल्मप्रतिको प्रबल इच्छालाई मूर्तरुप दिने क्रममा यो फिल्म निर्देशन गर्न लागेको बताइन् ।

‘मीरा : स्याडो अफ अ रेन्बो’की अभिनेत्री सुरविना कार्कीले आफूलाई प्रस्ताव गरिएको भूमिका भिन्न पाएकाले अभिनय गर्न लागेको बताइन् । ‘यसमा आफ्नो सेक्सुवालिटीलाई एक्सप्लोर गर्न चाहने महिलाको कथा छ । वर्तमानमा यो कुरा एकदम सामान्य हो तर विभिन्न कारणले एक महिलाले त्यसलाई बाहिर ल्याउन सकिरहेकी हुन्नन् । कथा त्यसमै आधारित छ,’ उनले भनिन् ।

अभिनेता निशान चौहानले यसको कथाले समाजमा नयाँ सन्देश दिने बताए । उनले थपे, ‘फिल्मको कथाले मेरो मन छोयो । मलाई आफूभन्दा निकै फरक पात्रको रुपमा मैले यसमा पाएको छु । समाजमा बाहिर आउनैपर्ने यथार्थ यो फिल्मबाट आउनेछ,’ अर्का अभिनेता कैलाश रावलले भने ।

फिल्मको छायांकन यसैसाता सुरु हुनेछ । शिवपुरी, पाटन, रानीवन लगायतका स्थानमा छायांकन हुने फिल्मलाई अनिल कटुवालले खिच्नेछन् । फिल्ममा एलिश कार्कीको संगीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?