+
+

मिटरब्याज पीडितको समस्या समाधान गर्न मधेशी आयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १६:३२

१४ चैत, काठमाडौ । मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न मधेशी आयोगले सरकारसँग आग्रह गरेको छ ।

मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै तत्कालै समस्या साधानका लागि बहुवैकल्पिक पहल गरी पीडितहरुको अधिकारलाई संरक्षण गर्न सरकारसँग आग्रह गरेको हो ।

आयोगका सचिव रुद्रप्रसाद लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘…राज्‍यले तत्कालै समस्या सामाधानका लागि बहुवैकल्पिक पहल गरी पीडितहरुको अधिकारलाई राज्‍यले संरक्षण गरोस् र तिनीहरुको बोल्न पाउने लोकतान्त्रिक अधिकारलाई समेत सम्मान गरोस् भनी आयोग अपील गर्दछ ।’

यस्तै पीडितहरुसँग छलफल तथा समाधानको लागि आयोगका सदस्य जीवछ साह, रेणु देवी साह र आभा कुमारीसहितको टोलीलाई स्थलगत अनुमगनका लागि आयोगले खटाएको छ ।

गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेशका जिल्लाबाट एक टोली पैदल हिँडेर काठमाडौं आएको छ ।

उनीहरुले काठमाडौं आएर माइतीघरमा २ दिनदेखि प्रदर्शन गर्दै आएका छन् ।

हेर्नुहोस् मधेशी आयोगले जारी गरेको विज्ञप्ति :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?