+
+

सरकार टिकिरहे स्थानीय तहलाई सजिलो हुन्छ : मेयर बालेन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १२:३९

१५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुने बताएका छन् ।

काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताए ।

उनले सरकार भनेको स्थानीय पालिका पालिकामा छ भन्ने अभाष दिलाउनुसक्नुपर्ने समेत बताएका छन् । उनले भने, ‘आफ्नै पालिकामा न्याय प्राप्त होस्, न्यायका लागि ११ दिन हिँडेर काठमाडौं आउनु नपरोस् ।’

उपप्रमुख पद उप भए पनि काम प्रमुखको भन्दा ठूलो भएको समेत उनले बताए ।

भोलिसम्म चल्ने सम्मेलनमा देशभरका ४०० बढी उपप्रमुख तथा न्यायिक समितिका सदस्यहरु उपस्थित छन् । सम्मेलनमा न्यायिक समितिसम्बन्धी चार वटा कार्यपत्र प्रस्तुत हुनेछ भने काठमाडौं घोषणापत्र समेत जारी गर्ने कार्यक्रम छ ।

बालेनको भनाइ भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?