+
+

रिलिजको पूर्वसन्ध्यामा ‘प्रेमा’को प्रिमियर, प्रतिक्रियाले अरुण र शुभेच्छा खुसी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते ११:४०

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमा’को प्रिमियर गरिएको छ । बुधबार साँझ आयोजित प्रिमियर समारोहमा कास्ट एण्ड क्रिउसहित कलाकारको उपस्थित थियो । फिल्मका शीर्ष कलाकारहरु अरुण क्षेत्री, शुभेच्छा खड्का लगायत समारोहमा उपस्थित रहे ।

प्रिमियरपछि ‘महापुरुष’ फेम्ड अभिनेत्री अञ्जना बराइलीले फिल्म राम्रो लागेको प्रतिक्रिया दिइन् । ‘नेपालमा पनि प्रेमकथाका फिल्म बन्छन् । प्रेमाको कथा र प्रस्तुतीकरण भिन्न लाग्यो,’ उनले भनिन् । मोडल कुन्साङ लामाले धेरैपछि राम्रो रोमान्टिक फिल्म हेर्न पाएको खुलाए । ‘शुभेच्छा मनपर्ने कलाकार हो । उहाँको अभिनय अब्बल छ । अहिलेको युवापुस्ताको प्रेमसँग फिल्मको कथा कहीं कतै जोडिन्छ,’ उनले भने ।

अभिनेत्री तथा मोडल सन्ध्या केसी लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिइन् । फिल्मले दर्शकलाई मनोरञ्जन दिनेमा आफू ढुक्क रहेको उनले बताइन् । ‘फिल्मका प्रमुख तीन कलाकारको अभिनय राम्रो छ । दर्शकलाई बाँधेर राख्छ,’ सन्ध्याले भनिन् ।

अभिनेता अरुण क्षेत्रीले आफू हिजोसम्म ‘न्युट्रल’ रहेपनि प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट ढुक्क रहेको बताए । अभिनेत्री खड्काले आफ्नो अभिनयको प्रशंसा सुन्दा खुसी लागेको बताइन् । ‘अत्यन्त खुसी छु । मेरो मेहनतलाई सबैले स्वीकारिदिनुभएको छ । मेरो भूमिकाले तारिफ पाउँदा आभारी छु,’ उनले भनिन् ।

निर्देशक गोविन्दसिंह भण्डारीले फिल्म हेरिरहँदा जोकोहीले आफूलाई पात्रसँग जोडेको बताए । ‘मेरो कथा र निर्देशनप्रति दर्शकहरु सहमत हुनुहुन्छ भन्नेमा प्रिमियरपछि प्राप्त प्रतिक्रियाले म ढुक्क भएँ,’ उनले भने । निर्देशक गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको हो ।

फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ । फिल्मको कार्यकारी निर्माता सामर्थ्य विक्रम थापा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?