+
+

नवनियुक्त अर्थमन्त्रीले भने : आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १६:३७

१७ चैत, काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताएका छन् । शुक्रबार पद तथा गोपनियताको शपथ पछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले मस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे ।

‘अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ,’ उनले भने, ‘समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं ।’

साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने पनि उनले बताए । सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै उनले भने लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताए । राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने पनि मन्त्री महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?