+
+
Shares

कांग्रेसले भन्यो : गणतान्त्रिक मोर्चा आवश्यक छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १९:२४

१० चैत, काठमाडौं । नेपाली कांग्रेसले गणतान्त्रिक मोर्चाको आवश्यक नरहेको जनाएको छ । पार्टीको कार्यसम्पादन समिति बैठकपछि प्रतिक्रिया दिने क्रममा प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसले गणतान्त्रिक मोर्चाको आवश्यकता नदेखेको बताए ।

‘जुन बेलामा यो संविधान निर्माण भयो । जति दलहरु त्यसमा सम्मिलित थिए । नयाँ दलले समेत यसमा प्रतिवद्धता जाहेर गरेका छन्,’ महतले भने, ‘सरकारमा बस्ने र विपक्षमा बस्नेले पनि प्रतिवद्धता जाहेर गरेका छन् । त्यसका लागि मोर्चा गठन गर्नुपर्ने छैन ।’

बैठकले संघीय गणतान्त्रिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्ध रहेको निर्णय गरेको प्रवक्ता महतले जानकारी गराए । यही संविधान अनुसार नै जनताका आकांक्षा पूर्ति गर्न सकिनेमा कांग्रेसले विश्वास राखेको छ ।

कांग्रेस सडकमा शक्ति प्रदर्शनको पक्षमा नभएको महतले बताए । ‘यो संविधानको पक्षमा समग्र जनता उभिएका छन् । यद्यपि, पार्टीहरुले प्रदर्शन गरिरहेका छन्,’ महतले भने, ‘कांग्रेसले तत्काल सडकमा उत्रिएर प्रदर्शन गर्न आवश्यक ठान्दैन ।’

सरकारले प्रभावकारी ढंगले काम गर्नुपर्ने भन्दै आएको र पार्टी बैठकबाट पनि भनिएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?