+

आर्सनलको सहज जित, जेससको दुई गोल

२०७९ चैत  १९ गते ६:१९ २०७९ चैत १९ गते ६:१९
आर्सनलको सहज जित, जेससको दुई गोल

१९ चैत, काठमाडौं । गाब्रीएल जेससले दुई गोल गरेपछि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले लिड्स युनाइटेडलाई ४-१ ले पराजित गरेको छ ।

यस जितपछि लिग लिडर आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि पुन: ८ अंकको अग्रता कायम राखेको छ ।

शनिवारै चाँडै भएको खेलमा सिटीले लिभरपुललाई ४-१ ले नै हराएको थियो ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा आर्सनललाई सहज जित दिलाउन जेससले ३५औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गर्दा ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

चोटबाट पुनरागमन गरेपछि जेसलले पहिलो पटक लिगमा गोल गरेका हुन् । जेससले अक्टोबरपछि पहिलो गोल गरेका हुन् ।

यस्तै बेन ह्वाइटले ४७औं र ग्राइन्ट जाकाले ८४औं मिनेटमा गोल गरे ।

लिड्सका लागि रासमस क्रिस्टेनसेनले एक गोल फर्काए ।

जितपछि आर्सनलले २९ खेलबाट ७२ अंक जोडेको छ । २८ खेलबाट ६४ अंकसहित सिटी दोस्रो स्थानमा छ ।

आर्सनल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय