+
+

कारबाही फुकुवा भएपछि विकास कोइरालाले भने- पार्टीले ढिला न्याय दियो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १६:१७

१९ चैत, चितवन। झण्डैं १० वर्ष पार्टीको कारबाहीमा परेका कांग्रेस चितवन पूर्वजिल्ला सभापति विकास कोइरालालाई आइतवार आज मात्रै कांग्रेस कार्य सम्पादन समितिले कारबाही फुकुवा गर्ने निर्णय गर्‍यो ।

कांग्रेस चितवन भित्र बलियो पकड रहेका नेता कोइराला २०७० सालको संविधान सभा निर्वाचनमा चितवनका तत्कालिन क्षेत्र नं. ४ बाट पार्टी केन्द्रीय सभापति सुशील कोइरालाकाविरुद्ध बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए ।

कारबाही फुकुवाको माग गर्दै आएका कोइरालाले फुकुवा भएको खबर सामाजिक सञ्जाल र समाचारहरुबाट थाहा पाएको बताए । यसलाई सकारात्मक रुपमा लिएको नेता कोइरालाको भनाईं छ । आफ्नो निरन्तरको खबरदारी, पार्टी नेता कार्यकर्ताहरुको दवावमा परेर मात्रै निर्वाचनको मुखमा कारबाही फुकुवा भएको नेता कोइरालाले बताए ।

‘मैले कारबाही हुन्छ ६ बर्ष पार्टीभन्दा बाहिर भइन्छ भनेर थाहा पाउँदा पाउँदै उम्मेदवारी दिएको हो, विधानमा ६ बर्ष भन्ने छ,’ कोइरालाले भने, ‘तर विभिन्न कारणले मलाई थप ४ वर्ष यत्तिकै कारबाही गरेर राखियो ।’

पार्टीभन्दा बाहिर भएपनि खास विषेश अवस्थामा पार्टीका अभियानहरुमा साथ दिँदै आएको र कांग्रेसबाट विचलित पनि नभएको कोइरालाले बताए ।

उनले पार्टीले आगामी दिनमा कस्तो भूमिका दिन्छ सोही अनुसारको जिम्मेवारी पूरा गर्ने बताए ।

आफू सरहका नेता पार्टीको महामन्त्री भएको भन्दै नेता कोइरालाले मागेर भन्दा पनि लडेर भूमिका लिने बताए । गत मंसिरको निर्वाचन अगाडि कोइरालाले कारबाही फुकुवाका लागि दवाव दिन भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

*समाचारमा यसअघि भुलवश गलत तस्वीर प्रयोग भएकामा क्षमाप्रार्थी छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?