+
+

तोकिएकै स्थानबाट विद्यार्थीलाई पोशाक किन्न बाध्य नपार्न संस्थागत विद्यालयलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १७:००

१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई तोकेको स्थानबाट पोशाक खरिद गर्न बाध्य नपार्न संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ ।

शुक्रबार महानगरपालिकाले संस्थागत विद्यालयलहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।

‘संस्थागत विद्यालयहरु आफैंले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीहरुलाई बाध्य नगराउन अनुरोध छ’ परिपत्रमा भनिएको छ ।

महानगरपालिकाले संस्थागत विद्यालयहरुले विद्यार्थी, अभिभावकहरुलाई विद्यालयबाट नै पाठ्यपुस्तक स्टेशनरी तथा पोशाक खरिद गर्न बाध्य पार्ने गरेको गुनासो आएको जनाएको छ ।

महानगरले अब यस्तो भेटिएमा कारबाही गर्ने भन्दै कारबाहीको जवाफदेही सम्बन्धित प्रिन्सिपल नै हुनुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?