+
+

चेल्सीका प्रशिक्षक ग्राहम पोटर बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते ६:२८

२० चैत, काठमाडौं । लगातार खराब प्रदर्शनपछि इंग्लिस क्लब चेल्सीले प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ ।

लण्डन क्लब चेल्सीले आइतबार राति विज्ञप्ति जारी गर्दै पोटरसँगको सहकार्य अन्त्य भएको जनाएको छ ।

प्रिमियर लिगमा शनिबार एस्टन भिलल्सँग २-० ले पराजित भएपछि पोटर बर्खास्तीमा परेका हुन् । क्लब समह्लेको ७ महिना पछि नै पोटर बर्खास्त भए ।

गत सेप्टेम्बरमा थोमस टुसेलको स्थानमा स्टामफोर्ड ब्रिजमा पुगेका पोटरको प्रशिक्षणमा चेल्सीले ३१ मध्ये ११ खेलमा पराजित बेहोरेको छ ।

चेल्सील प्रिमियर लिगमा ११औं स्थानमा छ । क्लब ओनरले पोटरलाई बर्खास्त गर्नु निराशाजनक भएको प्रतिक्रिया दिएका छन् ।

क्लबको संक्रमणकालीन अवस्थामा सहकार्य गर्न पोटर सहमत भएको क्बले जनाएको छ साथै चेल्सीले उनलाई धन्यवाद पनि दिएको छ ।

अब ब्रुनो साल्टोरले चेल्सीको अन्तरिम प्रशिक्षकको रुपमा काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?