+
+

लिग लिडर नापोलीमाथि एसी मिलानको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते ६:५३

२० चैत, काठमाडौं । इटालियन सिरी ए को को शीर्ष स्थानमा रहेको नापोलीले एसी मिलानसँग पराकिलो हार बेहोरेको छ ।

राफेल लिआओको दुई गोल मद्दतमा एसी मिलानले आइतबार राति भएको खेलमा नापोलीलाई उसैको मैदानमा ४-० ले पराजित गरेको हो ।

सुरुआती २४ खेलमा जम्मा एक खेल हारेको नापोलीले पछिल्ला चार लिग खेलमा दोस्रो हार बेहोरेको हो ।

नापोलीको मैदानमा मिलानले दुवै हाफमा दुई/दुई गोल गरेको थियो । लिआओले १७औं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए भने २५औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै अग्रता दोब्बर पारे ।

लिआओले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ६७औं मिनेटमा एलेक्सिस सेल्समेकरले टिमका लागि चौथो गोल गरे ।

सन् १९९० पछि पहिलो पटक उपाधि जित्ने संघारमा रहेको नापोली २८ खेलबाट ७१ अंकसहित शीर्ष स्थानमै  छ र दोस्रो स्थानको लाजियोमाथि १६ अंङ्कले अघि छ । नापोलीले अब बाँकी १० मध्ये पाँच खेल जिते पनि लिग जित्नेछ ।

जितपछि एसी मिलान भने २८ खेलबाट ५१ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?