+
+

सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो इन्द्रसरोबरबाट बेपत्ताको शव

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १६:५३

२२ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलले कुलेखानी जलविद्युत आयोजनाको जलासय इन्द्रसरोबरमा बेपत्ता एक व्यक्तिको शव फेला पारेको छ ।

ईन्द्रसरोवरमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता भएका काठमाडौंका दक्षिणकाली नगरपालिका-३ का ३५ वर्षका राजकुमार सुवेदीको शव ४५ फिटको गहिराइबाट निकालिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौबाट गएको गोताखोरले बुधबार सुवेदीको शव निकालेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार सुवेदी र्‍याफ्टिङ गर्ने क्रममा मंगलबार तालमा हामफालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?