+
+
Shares

राष्ट्रिय गानको धुनबारे ओलीको आपत्तिजनक अभिव्यक्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १९:५१

२२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानको संगीतप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

वीरगञ्जमा आयोजित कार्यकर्ता भेलामा ओलीले राष्ट्रिय गानको संगीतलाई ‘प्याँ प्याँ प्याँ’को संज्ञा दिएका हुन् ।

‘राष्ट्रिय गान अगाडि ‘प्याँ प्याँ प्याँ प्याँ धुन बजाउँछ, प्याँ प्याँ प्याँ पारेर’ ओलीको टिप्पणी छ, ‘सयौं थुंगा फुलका हामी भन्नु भन्दा अगाडिको धुन राष्ट्रिय गानवाला धुनबाट हटाइनुपर्दछ।’

त्यो धुन राष्ट्रियगानभित्र नपर्ने पनि उनले बताए । ‘त्यो राष्ट्रिय गानभित्र पर्दैन, राष्ट्रिय गानको धुन पनि होइन’ ओलीले भने, ‘अगाडि बजाउने बाजा राष्ट्रिय गानमा बजाइदैन,  म सरकारको ध्यानाकर्षण गराउँछु । ‘

उनले त्यो धुन हटाउनेबारे पहिलेबाटै लागिपरेको पनि बताए। ‘अगाडिबाटै कुरा गरिरहेका थियौं, यसलाई सच्याउनुपर्छ भनेर’ ओलीले भने ।

राष्ट्रिय गान शब्दबाट सुरू भएर शब्दमै सकिने पनि उनले बताए । ‘राष्ट्रिय गान भनेको राष्ट्रिय गान हो, राष्ट्रिय गान शब्दबाट सुरु हुन्छ, शब्दमा अन्त्य हुन्छ’ ओलीले भने, ‘त्यो भन्दा अगाडि सिगारपटार गरेर अर्को म्युजिक अगाडि हाल्ने, अर्को म्युजिक पछाडि हाल्ने गरिदैन।’

राजतन्त्रको अन्त्य भएपछि नेपाल सरकारले प्रचलनमा ल्याएको राष्ट्रिय गानमा बरिष्ठ संगीतकार अम्बर गुरुङले संगीत दिएका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?