+
+

भियतनामसँगको हार : नेपाली फुटबलको स्तर बुझ्ने अवसर

नमिता दाहाल नमिता दाहाल
२०७९ चैत २२ गते २२:३५

काठमाडौं । ओलम्पिक २०२४ को छनोट अन्तरगत पहिलो चरणको पहिलो खेलमा नेपाल, भियतनामसँग ५–१ गोल अन्तरको हार व्यहारेको छ । तर यो खेलले नेपाली फुटबलको स्तर बुझ्ने अवसर दिएको फर्वाड सावित्रा भण्डारीले बताउँछिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भियतनामले ११औं मिनेटमा हाई येनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा पेनाल्टीसहित दुई गोल थपेको भ्रमणकारी टोलीले दोस्रो हाफको सुरुमै अर्को गोल ग¥यो ।

खेलको ८०औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि सान्वना गोल गरेकी थिइन् । तर भियतनामले अन्तिम मिेनटमा गोल गर्दै ५–१ को जित निकालेको छ ।

प्रशिक्षक अनन्त राज थापा पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न नसक्नु कमजोरी भएको बताउँछन् । खेलको नवौं मिनेटमा अमिशा कार्कीले पाएको अवसरमा गाले गर्न सकिनन् । दीपा शाहीले दायाँ साइटबाट दिएको पाउमा अमिशाले गोललाइनबाट प्रहार गरेकी थिइन्, तर बल पोष्टमाथिबाट बाहिरियो ।

त्यसको दुई मिनेटपछि भियतनामले अग्रता लियो । ‘पहिलो गोल खाएपछि सम्हालिन समय लाग्यो,’ फर्वाड सावित्रा भन्छिन् । त्यही बेला ३४औं मिनेटमा अमृता जैशीको फ्रिकिकमा अमिशाले बललाई पोष्टको दिशा दिने प्रयास गरेकी थिइन् । तर उनको प्रहार फितलो हुँदा भियनामकी गोलकिपरले जोगाइन् । खेलपछि नेपालका प्रशिक्षक थापाले भने, ‘सुरुमा पाएको अवसर अमिशा कार्कीले सदुपयोग गरेको भए । हाम्रो मोमेन्टम राम्रो हुन्थ्यो होला ।’

अवसर गुमाएको एक मिनेटपछि पेनाल्टीमा गोल गरेको भियतनामले तेस्रो गोल भने उपहार पाएको थियो । ३८औं मिनेटमा भियतनामी खेलाडीको प्रहार अमृता जैशीको खुट्टामा लागेर गोलमा परिणत भएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमै भियतनामले गोल थपेपनि नेपालले सम्हालिएर खेल्ने प्रयास गरेको थियो ।

त्यसक्रममा सावित्राले गोल पनि गरेकी हुन् । लगतै उनको दुई वटा प्रयासलाई विपक्षी गोलरक्षकले असफल पारेका थिए । खेल ४–१ मा सकिए झै मानिएको बेला भियतनामको पाँचौं गोल ग¥यो, जसमा नेपाली टोलीका कप्तान समेत रहेकी गोलरक्षक एन्जिला तुम्बाप्पेको पनि कमजोरी देखिन्थ्यो ।

विश्वकप खेल्ने देशसँग भएको यो प्रतिस्पर्धाले नेपालले आफ्नो स्तर थाहा पाएको साबित्रा बताउँछिन् । ‘दक्षिण एसियाभन्दा माथिका देशहरुसँग मैत्रीपूर्ण खेल मात्र खेलेको भए हामीलाई सिक्ने मौका हुन्थ्यो’ खेलपछि उनले भनिन्, ‘अहिलेसम्म हामीले दक्षिण एसियाभन्दा माथिको देशसँग खेलेको म्यानमारपछि भियतनाम नै हो ।’

महिला फुटबल अहिले पनि दक्षिण एसियाभन्दा बाहिर जाने अवस्था नरहेको भन्दै उनले यत्तिको मेहनत र लगानीले यो नतिजालाई राम्रै मान्नुपर्ने बताइन् । ‘जब साफ च्याम्पियनसिप आउँछ, हाम्रो लक्ष्य साफ जित्ने हुन्छ’, उनले तितो पोखिन्, ‘साफभन्दा माथि सोचे पो साफको उपाधी जित्छौं ।’

उनी यत्तिमा रोकिइनन् । साबित्रा भन्छिन्, दक्षिण एसियाभन्दा माथिको टिमसँग खेलमात्रै गराए हामी माथि जान सक्छौं । हामीलाई धेरै सुविधा चाहियो भनेकै छैन ।’

नेपाली टोलीका प्रशिक्षक अनन्त राज थापाले पनि महिला फुुटबलको विकास गर्ने हो भने दक्षिण एसियाभन्दा माथिका देशहरुसँग खेल्ने वातावरण मिलाउनु पर्ने बताउँछन् । ‘यो खेलबाट हामीले सिक्नुपर्ने भनेको महिला फुटबललाई दक्षिण एसियाभन्दा माथि लगेर सोच्नुपर्छ’, उनले भनेका छन् ।

भियतनाम टिको बारेमा भन्नुपर्दा भियतनामका खेलाडीमा प्राविधिक ज्ञानको पक्ष निकै राम्रो पाएको नेपाली प्रशिक्षक थापाले भने, ‘उनीहरुको प्राविधिक कुराहरु निकै राम्रो थियो । विश्वकप खेल्न कुन स्तरको टिम हुनु पर्दो रहेछ भन्ने थाहा भयो ।’

भियतनामका प्रशिक्षक माइ डुक चुङले पनि आफूहरुले खेल जितेपनि नेपालको टिमले राम्रो खेलेको बताए । ‘हामीले नेपालको टिम सोचेको भन्दा राम्रो पायौं’, खेलपछि उनले अघि भने, लङ पास खेल्दा नेपालले बल पोजेसन गुमायो । त्यसैले नेपालले स्किल र प्राविधिक पक्ष सुधार गर्नु पर्ने देखिन्छ ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?