+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उपेन्द्र यादवलाई भोट माग्न पुगे माधव नेपाल, भने : संसद र देशलाई उनको खाँचो छ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १३:३१

२३ चैत, बारा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १० वैशाखमा हुने उपनिर्वाचनमा उपेन्द्र यादवका लागि मत माग्न बारा पुगेका छन् ।

उनले बारा- २ मा पुगेर राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको बताए ।

बुधबार साँझ कलैया पुगेका उनले बारा-२ मा यादवको जित सुनिश्चित रहेकोपनि बताए ।’सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एकीकृत समाजवादीको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु’ उनले भने।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै नेता नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा जसपा अध्यक्ष यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?