+
+

शेफर्ड कलेजले स्नातकोत्तर तहमा फिल्म अध्ययन सुरु गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १५:०५

काठमाडौं । नयाँबानेश्वरस्थित शेफर्ड कलेजमा मुलुकमै पहिलोपटक स्नातकोत्तर तहमा फिल्मको अध्ययन सुरु हुने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रमअनुसार वैशाख १६ गतेदेखि फिल्ममा स्नातकोत्तर तहको कक्षा सुरु हुन लागेको कलेजकी प्राचार्य कविता शर्माले जानकारी दिइन् ।

३० जनाको कोटामा सन् २०२३ ब्याचका विद्यार्थी फिल्म अध्ययन गर्न पाउनेछन् । सन् २०१० देखि कलेजले मिडिया टेक्नोलोजीमा स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्दै आइरहेको छ । जसअनुसार रेडियो, अखबार र टेलिभिजन विधामा अध्ययन हुँदै आएकोमा अब फिल्म पनि थपिएको हो ।

फिल्म क्षेत्रमा काम गरिरहेकादेखि चर्चित कलाकार समेत अध्ययनका लागि भर्ना भएको शर्माले बताइन् । ‘स्वदेशमै फिल्ममेकरलाई सैद्धान्तिक र व्यावहारिक ज्ञानबारे दक्ष तुल्याउने उद्देश्यले फिल्मको पठनपाठन थालेका हौं,’ उनले भनिन् ।

ओस्कार र नेपाल फिल्म कलेजमा स्नातक तहमा फिल्मको पढाइ भइरहेपनि स्नातकोत्तर तहको भने पहिलो पटक सुरु हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?