+
+

भ्युटावर बनाउनुअघि सडक र स्वास्थ्य सेवा पुर्‍याउन सांसद छिरिङको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १८:००

२३ चैत, काठमाडौँ। नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले सडक र स्वास्थ्य सेवासमेत नपुगेका स्थानीय तहमा भ्युटावर निर्माणका लागि बजेट रोक्नुपर्ने माग गरेका छन् ।

बिहिबार संसदको विशेष समयमा बोल्दै सांसद तामाङले कतिपय विकट जिल्लाका सदरमुकाममा पुग्ने सडक समेत नभएका भन्दै भ्युटावरका लागि बजेट नदिन माग गरेका हुन् ।

‘कतिपय जिल्लामा अझैपनि सदरमुकाम जोड्ने बाटो नभएको र कतिपय ट्रयाक खुलेपनि सडक राम्रो नभएका कारण मानवीय क्षतिसमेत भएका छन्’ सांसद तामाङले भने, ‘यस्तो अवस्थामा गाउँपालिका र सदरमुकामा पुग्ने भ्युटावर निर्माणको बजेट यो वर्ष विनियोजन नगरौँ’ ।

सरकारको पूरै ध्यान र स्रोत लगानी जिल्ला सदरमुकाम र रणनीतिक उत्तरदक्षिण जोड्ने बाटोमा मात्र गर्न माग गर्दै उनले यसअन्तर्गत जुम्ला मुगु नाग्चेलाग्ना सडकलाई समावेश गर्नुपर्ने बताए ।

सांसद तामाङले मुगु जिल्लामा सडक र स्वास्थ्यको सहज पहुँच पुर्‍याउन पनि सरकारसँग माग गरे । भरपर्दो स्वास्थ्य जाँचको व्यवस्था नहुँदा बिरामीले लाखौँ खर्च गरेर हेलिकप्टरमा सहर धाउनुपरेको बताउँदै सांसद छिरिङले सडकको पहुँच नपुग्दासम्म विकट क्षेत्रका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्न माग गरे ।

‘१० वर्षअघि ट्रयाक खुलेको नाग्मा गमगढी सडक अहिलेसम्म राम्रो बन्न सकेको छैन’ उनले भने, ‘भरपर्दो स्वास्थ्य जाँच र सडक समेत नहुँदा बिरामीले ७ लाखमा बिरामीलाई हेलिकप्डर रिजर्भ गरेर सहरका अस्पतालमा पुर्‍याउँछन् । थाहा छैन ७ लाख तिरेर सहर देखेको बिरामी फेरि जन्मभूमि फर्कन पाउँछ कि पाउँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?