+
+

लाम्पार्ड चेल्सीको कार्यवाहक व्यवस्थापक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते ६:२७

२४ चैत, काठमाडौं । फ्रांक लाम्पार्ड इंग्लिस क्लब चेल्सीको कार्यवाहक व्यवस्थापक नियुक्त भएका छन् । चेल्सीले बिहीबार लाम्पार्डलाई सिजनको बाँकी समयका लागि व्यवस्थापक नियुक्त गरेको हो ।

क्लबका पूर्वखेलाडी समेत रहेका लाम्पार्ड आश्चर्यजनक रुपमा दुई वर्षपछि चेल्सी पर्कन लागेका हुन् । लाम्पार्डले अब बर्खास्तीमा परेका ग्राहम पोटरको स्थान लिनेछन् ।

लाम्पार्डले यसअघि २०१९ देखि २०२१ सम्म चेल्सीको प्रशिक्षण सम्हालेका थिए । दोस्रो पटक चेल्सीको प्रशिक्षण सम्हाल्न लागेका लाम्पार्डले आफ्नो ध्यान उत्कृष्ट काममा हुने बताए । ‘म सम्भव भएसम्म उत्कृष्ट गर्न चाहन्छु । त्यसपछि के हुन्छ हेर्दै जानेछौं,’ ४४ वर्षीय लाम्पार्डले भने ।

यसअघि २०१९ जुलाईमा चेल्सी सम्हालेका लाम्पार्ड २०२१ जनवरीमा बर्खास्तीमा परेका थिए । यस्तै यसै वर्ष जनवरीमा एभरटन छाडेपछि लाम्पार्ड कामविहीन थिए ।

लाम्पार्डको दोस्रो प्रशिक्षणकालमा पहिलो खेल प्रिमियर लिगमा शनिवार वल्भ्स विरुद्ध हुनेछ । यस्तै आउने बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा रियल मड्रिड विरुद्ध खेल हुनेछ ।

यसअघि कार्यवाहक व्यवस्थापक रोबर्टो लि माटियोको प्रशिक्षणमा चेल्सीले च्याम्पियन्स लिग उपाधि जित्दा लाम्पार्ड खेलाडीको भूमिकामा थिए ।

यस सिजन खराब प्रदर्शन गरिरहेको चेल्सी प्रिमियर लिगमा ११औं स्थानमा छ । जुन चौथो स्थानको म्यानचेष्टर युनाइटेडको भन्दा १४ अंकले पछि हो ।

लाम्पार्डलाई अनुबन्ध गरेपछि चेल्सीका मालिक टोड बोएहली र बेहदाद एगबालीले सिजनको बाँकी समयका लागि आफ्ना समर्थकलाई स्पष्ट योजना प्रदान गर्ने चाहना भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?