+
+

ऋचा मेमोरियल टि-२० क्रिकेट चैत २७ देखि हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते २०:०३

२४ चैत, विराटनगर । ऋचा मेरोरियल टि-२० क्रिकेट प्रतियोगिता यही चैत २७ गतेदेखि हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का वरिष्ठ सल्लाहकार एवं पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले आफ्नो दिवंगत छोरीको नाममा ऋचा मेमोरियल टि-२० क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेका हुन् ।

पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजना हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा चैत २७ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले जानकारी दिए ।

नरेश तीन दशकसम्म क्यानको केन्द्रीय सदस्य रहेका थिए । त्यसपछि उपाध्यक्ष हुँदै हाल उनी वरिष्ठ सल्लाहकार छन् ।

श्रेष्ठ परिवारकी एक मात्र छोरी ऋचाको ब्लड क्यान्सरका कारण दुई वर्षअघि अष्ट्रेलियामा मृत्यु भएको थियो । उनकै नाममा परिवारले करिब ३० लाखको लागतमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितमा ३ विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफसहित नेपाल र भारतका खेलाडी मिलाएर बनाएको एनबीएससी क्रिकेट टिम, विराटनगरको वाईआरसीसी, सुदूरपश्चिको डडेलधुरा लगायत भारतको दिल्ली र बिहारको नरपथगन्ज क्रिकेट क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।

विराटनगरको जुट मिल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी र बिहारको नरपथगन्ज क्रिकेट टिमबीच प्रतिस्पर्धा हुने तालिका छ ।

प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउने आयोजकले बताएको छ । त्यसैगरी प्लेअर अफ द सिरिजले ५० हजार मूल्य बराबरको क्रिकेट किट पाउनेछ ।

यो प्रतियोगितालाई हरके वर्ष निरन्तरता दिइने श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?