+
+

मेयर बालेन साहले भने- सरकारको कुनै इज्जत गर्दिनँ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते ९:४४

२५ चैत, काठमाडौं । बेलाबेला विवादास्पद फेसबुक स्टाटस र प्रतिक्रिया दिइरहने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज संघीय सरकारमाथि खनिएका छन् ।

सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक-पटक कडा टिप्पणी गर्दै आएका छन् । त्यसै क्रममा उनले आज बिहान आफ्नो फेसबुक पेज र एकाउन्टमा फरकफरक टिप्पणी गरेका छन् ।

आज बिहानै फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका मेयर साहले फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका छन् ।

‘इन्डियार चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म’, उनले प्रश्न गरेका छन्, नेपाल स्वाधीन कहिले हुने ?’

मेयर साहले आफ्नो अस्तित्व कहिले बनाउने भन्दै प्रश्नसमेत गरेका छन् ।

काठमाडौं महानगरपालिकाले शुक्रबार गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । तर, सफल भएन । केन्द्र सरकारको असहयोग भएको मेयर बालेनको बुझाइ छ ।

यसअघि रवि लामिछाने गृहमन्त्री हुँदासमेत यस कार्यलाई तत्काल सहयोग गर्न नसकिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?