२५ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष चारमा रहिरहन संघर्षरत म्यानचेष्टर युनाइटेडले एभर्टनलाई हराएको छ ।
शनिबार भएको खेलमा म्यानचेष्टर युनाइटेडले रेलिगेशन जोनभन्दा माथि रहन संघर्षरत एभर्टनलाई २–० ले हराएको हो ।
ओल्ड ट्राफर्डमा भएको खेलमा म्यानचेष्टर युनाइटेडले ३६औं मिनेटमा स्कट म्याकटोमिनेको गोलबाट अग्रता लिएको थियो ।
खेलको ७१औं मिनेटमा एन्थोनी मार्सलले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका हुन् ।
जितपछि युनाइटेड २९ खेलबाट ५६ अंकका साथ तेस्रो स्थानमा छ, एभर्टन भने ३० खेलबाट २७ अंकका साथ १६औं स्थानमा छ ।
प्रतिक्रिया 4