+
+

‘मनका कुरा गरौंला नि यसो मिलाएर’ टिकटक ट्रेन्डिङमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १६:३६

मनका कुरा गरौंला नि यसो मिलाएर

भोलि दिउँसो भेट्न आऊ है मेसो मिलाएर

टिकटक पछिल्लो समय यस्तो सूचक बनेको छ, जसले दर्शकको रुचि यतिबेला कुन गीत र धुनमा छ भन्ने दर्शाउँछ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध गीत ‘मेसो मिलाएर’ पछिल्लो समय टिकटकको नेपाल ट्रेन्डिङमा छ । डेढ महिनाअघि युट्युबमा रिलिज भएको यो गीत बल्ल आएर टिकटकमा भाइरल बनिरहेको छ ।

यो गीतको टुक्रा–टुक्रामा अहिलेसम्म ६-७ लाख टिकटक भिडियो बनिसकेको र युट्युबमा दैनिक एकदेखि डेढ लाख भ्युज प्राप्त भएको निर्माण पक्षले जनाएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको यो गीतमा दिग्गज धौरालीका शब्द समावेश छन् । पछिल्लो समय फिल्ममा समेत चलेका राज कटुवाल र श्रद्धा क्षेत्रीले गीतमा अभिनय गरेका छन् ।

यो गीतको लय र कम्पोजमा संगीतकार पोखरेलले आफ्नो शैली मिसाएका छन् । ‘नबोली नबोली’, ‘तिमी रोएको पल’, ‘तिम्रो घरको वरिपरि’ पनि अर्जुनका यस्तै रचनाका गीत हुन् । ‘दैनिक हजारौं रेस्पोन्स पाएका छौं । लाखौंले टिकटक भिडियो बनाएर बनाइरहनुभएको छ’ मेसो मिलाएर गीतमा मोडलिङ समेत गरेका अभिनेता कटुवालले अनलाइनखबरसँग भने, ‘दर्शकले कस्तो स्वादको गीत चाहनुभएको छ भन्ने यसले दर्शाएको छ ।’

अभिनेता कटुवाल आफूले निर्माण गर्न लागेको आगामी फिल्म ‘राजा’को तयारीमा छन् । श्रद्धाको पछिल्लो फिल्म ‘कृष्णलीला’ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?