+
+

थप ५५ जनामा कोरोना संक्रमण, ३९६ जना संक्रिय संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १७:२९

२६ चैत, काठमाडौ । पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २१६  नमूनामध्‍ये ६७१ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र ५४५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी ५५ जनामा कोरोना सक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३९६ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमितहरु छन् भने संस्थागत आइसोलेशनमा १३ जना छन्।

यस्तै ७ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने ४ जनालाई भेन्टीलेटरमा राखिएको मन्त्रालयले जनाएको छ । शुक्रबार मात्रै कोरोनाबाट ११ जना निको भएर घर फर्किएका छन् ।

यसअघि शनिबार ६४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?