+
+

२५ वर्षदेखि फरार प्रतिवादी स्वयम्भूबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १३:५४

२७ चैत, काठमाडौं। प्रहरीले २५ वर्षदेखि फरार प्रतिवादीलाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका-३ घर भई हाल स्वयम्भूको भगवानपाउ बस्‍ने ५९ वर्षीय प्रेम लामा भन्‍ने ओमबहादुर तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि  आवश्‍यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको प्रहरीले जनाएको छ ।

उनी जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धाका सिलसिलामा फरार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?