+
+

बलात्कार र अपहरण मुद्दाका अभियुक्तलाई छुटाइदिने भन्दै १७ लाख ठगी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १३:३८

१९ वैशाख, काठमाडौं । बलात्कार र अपहरण तथा शरीर बन्धकको कसुरमा पुर्पक्षमा कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३ बैराठपुरका २५ वर्षीइ सहदेव पटेल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो ।

अपहरण र बलात्कार आरोपमा पुर्पक्षमा वीरगञ्ज कारागारमा रहेका एक व्यक्तिलाई छुटाइदिन्छु भन्दै उनले १० लाख ठगी गरेको आरोप छ । त्यसैगरी बलात्कार केशमा पुर्पक्षमा थुनामा रहेका अर्का व्यक्तिलाई छुटाइदिने भन्दै उनले ७ लाख लिएर ठगी गरेको खुलेको बाराका डीएसपी दधीराम न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?