+
+

दुई विदेशी खेलाडी खेलाएको पुलिसको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १६:३९

२७ चैत, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो पटक विदेशी खेलाडी टिममा राख्दै शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

छैटौं चरणसम्म जित बिहीन हुँदै जम्मा १ अंक जोडेको पुलिसले सातौं चरणमा सोमबार फ्रेण्ड्स क्लब विरुद्ध घानाका दुई खेलाडी मैदान उतारेको थियो ।

विदेशी खेलाडी मवसेसे ग्याबाह टीवुनले पुलिसबाट डेब्यु गर्दै गोल पनि गरे ।

बुद्धबल तामाङको दुई गोल गरे र मोसेसको गोलमा पुलिसले एन्फा कम्प्लेक्समा फ्रेण्ड्सलाई हराएर यस सिजन पहिलो जित निकालेको हो ।

जितपछि पुलिसले ७ खेलबाट ४ अंक जोडेको छ । पहिलो जितले राहत मिलेपनि पुलिस अझै रेलिगेसन जोनमै छ ।

फ्रेण्ड्सको पनि ७ खेलबाट ४ अंक नै छ । पुलिसले र प्रेण्ड्सले समान १ खेल जित्दा १ खेल बराबरी खेलेका छन् भने ५ खेलमा पराजित भएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?