+
+

ढाका कुमारको अडियो प्रकरणबारे छलफल गर्न रास्वपाको अनुशासन आयोग बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते ९:१८

२८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बस्दैछ ।

बैठक ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने तय भएको छ । पार्टीबाट सांसद बनेका ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

सांसद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरी छानबिन गरिरहेको छ ।

सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर आयोगले केन्द्रीय समितिलाई सिफारिस गर्नेछ ।यसै सिफारिसका आधारमा उनीमाथि पार्टीले कारबाही गर्ने छ ।

ढाका कुमारले भने उक्त अडियो आफ्नो नभइ सम्पादन गरिएको दाबी गर्दै आएका छन् ।

उनीसँग सम्बन्धित दोस्रो अडियो पनि सार्वजनिक भइसकेको छ ।  उक्त अडियोमा पहिलो अडियोबारे अर्का व्यक्तिमार्फत उनले व्यवसायी दुर्गा प्रसाईंसँग कुरा गर्न खोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?